बाजुराका घर भएका पत्रकार रावल बने प्रधानमन्त्री कार्कीको प्रेस संयोजक

धनगढी : प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा पत्रकार रामबहादुर रावल बन्दै छन्।
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार रावललाई आजै पत्र दिने तयारी भएको र यसबारे मंगलबार नै सम्पूर्ण प्रक्रिया पूरा भएको छ।
रावल नेपाल खबर डटकमका सम्पादक हुन्। यसअघि ग्यालेक्सी फोरके टेलिभिजनका सम्पादक थिए।
लामो समय पत्रकारितामा बिताएका उनीसँग कान्तिपुर टेलिभिजन, नेपाल साप्ताहिकलगायत सञ्चारमाध्यमममा काम गरेको अनुभव छ।
बाजुरामा जन्मिएका रावलसँग विभिन्न सञ्चारमाध्यममा डेढ दशकभन्दा बढी सक्रिय पत्रकारिता गरेको अनुभव छ।
त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर गरेका रावलले कानुनमा स्नातक पनि गरेका छन्।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया