विश्वकप छनोट : आज ओमानसँग भिड्दै नेपाल

काठमाडौं : आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ।
सुपर सिक्समा यूएईलाई १ रन र कतारलाई पाँच रनले हराएको नेपालले आज ओमानलाई पराजित गरे टी-२० विश्वकपमा छनोट हुनेछ । विश्वकप छनोटका लागि निर्णायक मानिएको नेपाल र ओमानको खेल सोमबार राति ८ः४५ बजे सुरु हुनेछ।
सुपर सिक्समा यूएई र कतारलाई हराइसकेको नेपालले अन्तिम खेलमा शुक्रबार सामाओसँग प्रतिस्पर्धा गर्दैछ।
सुपर सिक्समा सहभागी नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओमध्ये शीर्ष स्थानमा रहने तीन टिमले भारत र श्रीलंकामा हुने २०२६ को टी-२० विश्वकप खेल्नेछन्।
क्याटेगोरी : खेलकुद, समाचार
प्रतिक्रिया