विपिन जोशीको शव नेपाल पठाउने इजरायलको तयारी

धनगढी : परराष्ट्र सचिव अमृतबहादुर राईले इजरायलको परराष्ट्र मन्त्रालयका महानिर्देशक इडेन बार टालसँग टेलिफोन वार्ता गरेका छन्।
वार्ताका क्रममा महामहिम बार टालले हमासको कब्जामा रहँदा नेपाली विद्यार्थी विपिन जोशीको दुःखद निधन भएको जानकारी गराउँदै जोशीको शोकसन्तप्त परिवारप्रति, साथै नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक समवेदना व्यक्त गरे।
बार टालले जोशीको शव नेपाल पठाउन इजरायल सरकारले आवश्यक सबै व्यवस्था मिलाउने प्रतिबद्धता जनाए।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया