विपिन जोशीको शव पहिचान भयो : इजरायली सेना

धनगढी : हतियारीधारी समूह हमासले सोमबार बुझाएका चार जनाको शवको पहिचान भएको इजरायली सेनाले जानकारी दिएको छ।
तीमध्ये नेपालका विपिन जोशीको शव पनि पहिचान भएको इजरायली सेनाले जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ।
इजरायली सेनाले विपिनसहित चार जनाकै शव पहिचान भएको जानकारी दिँदै दुई जनाको नाम सार्वजनिक गरेको र थप दुई जनाको नाम परिवारको सहमतिपछि सार्वजनिक गर्ने समाचारमा जनाइएको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया