डडेल्धुरा कारागार ताडेर भागेका ५ कैदीबन्दी अझै फरार, ८० समातिए

डडेल्धुरा : डडेल्धुरा कारागारमा आगजनी र तोडफोड गरेर भागेका ५ कैदीबन्दी अझै फरार छन्।
जेन्जी आन्दोलनका क्रममा भदौ २५ गते जेल तोडेर भागेका ८५ मध्ये ५ कैदी अझै फरार रहेका हुन्।
जेलर सन्तोष भट्टका अनुसार कारागारमा आगजनी र तोडफोड गरेर ८५ कैदी भागेका थिए। ती मध्ये ८० जनालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर फेरि कारागारमै राखेको छ।
क्याटेगोरी : अपराध, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया