विश्वकप छनोट : आज कतारसँग खेल्दै नेपाल

काठमाडौं : आईसीसी टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–६ मा नेपालले आज कतारसँग खेल्दैछ । यो खेल नेपाली समयानुसार बेलुकी पौने नौ बजे ओमानमा हुनेछ ।
यसअघि नेपालले हिजो संयुक्त अरब इमिरेट्स (युएई) माथि एक रनको जित निकालेको थियो । यूएईलाई हराएसँगै नेपाल विश्वकप नजिक पुगेको छ ।
नेपाल दुई खेलमा चार अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । दुई खेलमा चार अङ्क नै भएको ओमान नेट रन रेटका आधारमा शीर्ष स्थानमा छ । यूएई दुई खेलमा दुई अङ्कसहित तेस्रो स्थानमा छ ।
सुपर–६ मा समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान तथा समूह ‘सी’ बाट ओमान र सामोआ पुगेका छन् । यस्तै नेपालले पर्सि बुधवार ओमान र आउँदो शुक्रवार सामोआसँग खेल्नेछ ।
सुपर–६ मा शीर्ष तीन मा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।
क्याटेगोरी : खेलकुद, समाचार
प्रतिक्रिया