Hikmat Acharya
  • २७ असोज २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

बाजुराका बाढीपहिरोपीडित त्रिपालमै


बाजुरा : जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका बिच्छ्या रुगिनका बाढीपहिरोपीडितको यस पालिको दसैँतिहार त्रिपालमै हुने भएको छ ।

दसैँ उनीहरूले त्रिपालमै मनाएका छन् भने आउँदो तिहार पनि त्रिपालमै मनाउने भएका छन् । गत साउन २८ गते बिच्छ्याखोलामा आएको बाढीले यहाँका झन्डै ४१ घरपरिवार विस्थापित भएका छन् ।

गत वर्ष यहाँका स्थानीयले आफ्नो घरमा खुसी र हर्षका साथ दसैँतिहार मनाए पनि यो वर्ष बाढीपहिरोले घर पुरिदिएपछि उनीहरूले यस पालिकाको दसैँ खुला आकाशमुनि त्रिपालमा मनाएका हुन् ।

बर्सौं दिन कमाइ गरेको लाखौँ कराडौँको सम्पत्ति एक दिनमै आएको बाढीपहिरोले सबै नष्ट पारिदिएपछि यसपालिकाको दसैँ त्रिपालमै भएको हिमाली गाउँपालिका–१, बिच्छ्याका सब्बले थापाले बताए ।

यहाँको स्थानीय सरकारले खाद्यान्न लुगाफाटालगायतका राहत सामग्री सहयोग गरेको छ । त्यसै गरी प्रदेश र सङ्घीय सरकारले पनि घरबासको व्यवस्था गरिदिए चिसोको बेलामा बास बस्न सहज हुने थापाले बताए ।

बाढीपहिरोले हिमाली गाउँपालिका–१, बिच्छ्यामा आठ घर बगाएको र नौ घर पूर्ण जोखिममा पारेका छन् भने यहाँको वडा नं। ५ कबाडीमा पनि १६ घर बगाएको र ३२ घरमा पूर्ण क्षति भएका छन् । यहाँका सबै २४ घर विस्थापित र ४१ घर पूर्ण रूपमा क्षति गरेको थियो ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode