विपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक

धनगढी : हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ।
यसअघि उनको अवस्था अज्ञात रहेको समाचारहरू आएका थिए।
तर अब टाइम्स अफ इजरायल, एपी लगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जारी गरेको २२ जना जीवित बन्धकको सूचीमा जोशीको नाम समावेश भएको पुष्टि गरेका हुन्।
गाजामा रहेका २५१ अपहरितमध्ये हाल ४८ जना अझै हमासको कब्जामा रहेका छन्। इजरायलले तीमध्ये २५ जनाको मृत्यु भएको दाबी गरेको छ।
तर जीवित ठानिएका २२ जनामध्ये विपिन जोशीको नाम आउनु नेपालीका लागि राहत र आशाको खबर बनेको छ।
शुक्रबारदेखि सुरु भएको युद्धविरामसँगै सोमबारदेखि बन्धकहरू रिहा हुने अपेक्षा गरिएको छ।
इजरायलले सो क्रममा दुई हजार प्यालेस्टिनी कैदी रिहा गर्ने तयारी गरेको छ ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया