Hikmat Acharya
  • २७ असोज २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

अछामको जयगढमा २ लाख पुरस्कारको भलिवल प्रतियोगीता हुँने


अछाम । अछामको जयगढमा ठूलो धनराशीको भलिवल प्रतियोगीता हुने भएको छ ।

बरदादेवी जयगढ युवा क्लवको आयोजनामा तेस्रो अध्यक्ष कप पालिका स्तरिय भलिवल प्रतियोगीता यहि असोज ३१ गतेबाट हुने भएको हो ।

शुभ–दीपावली–२०८२ को अवसरमा “तेस्रो अध्यक्ष कप” पालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता आयोजनाको मिति तय भएको क्लवका सचिव गोकुल ठकुल्लाले बताएका छन् ।

उनका अनुसार प्रतियोगीतामा प्रथम हुने टिमले २ लाख १ हजार,द्वितीय हुने टिमले १ लाख १ हजार तृतिय हुने टिमले ५१ हजार पुरस्कार सहित मेडल र प्रमाणपत्र पाउने छन् । उत्कृष्ट खेलाडीलाई समेत ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

जयगढ देवल बजारस्थित सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुने प्रतियोगीताका लागि यहि असोज २७ गतेदेखी असोज ३१ गते बिहान १० बजेसम्म टिम दर्ताको समय छुट्याईएको छ ।

असोज ३१ गते दिउसो ३ बजेबाट खेल औपचारिक रूपमा सुरु हुनेछ ।

आयोजकका अनुसार प्रतियोगितामा सहभागी खेलाडीहरू नेपाली नागरिक हुनुपर्ने र एउटै गाउँपालिका वा नगरपालिकाका खेलाडीले अर्को पालिकाबाट खेल्न नपाउने व्यवस्था गरिएको छ ।


क्याटेगोरी : खेलकुद, पालिका, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode