Techie IT
  • २९ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

नख्खु कारागारबाट भागेका आकाशले सुरजको हत्या गरे


नख्खु कारागारबाट भागेका आकाशले सुरजको हत्या गरे

काठमाडौं :  ललितपुरस्थित नख्खु कारागारबाट भागेका कैदीले ठमेलमा युवकको हत्या गरेका छन्।

रवि लामिछाने निस्केपछि फरार कैदी आकाश मगरले ठमेल पुगेर सुरज तामाङको हत्या गरेको तथ्य खुलेको छ।

मकवानपुर घर भई हाल मनमैजु बस्दै आएका २५ वर्षीय सुरज तामाङलाई मगरले असोज १३ गते खुकुरी प्रहार गरेका थिए ।

उपचारको क्रममा उनको वीर अस्पतालमा निधन भएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानमा पुरानो रिसइबीका कारण मगरले हत्या गरेको देखिएको छ।

हत्यापछि पनि उनी फरार छन्। यसअघि पनि नख्खु कारागारबाटै भागेका काभ्रेका सन्तबहादुर तामाङले पनौती घर पुगेर श्रीमती मनिषा तामाङको हत्या गरेका थिए।


क्याटेगोरी : अपराध, समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode