Hikmat Acharya
  • २७ असोज २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

कैलाली कारागारका तीन सय कैदी अझै फरार


कैलाली: कैलाली कारागारबाट भागेका ३७३ जना कैदीबन्दी कारागार फर्केका छन्। स्थानीय प्रशासनले फर्कनका लागि तोकेको समय सीमासम्म सो सङ्ख्यामा कैदीबन्दी फर्केका हुन्।

कारागारबाट फरार भएका कैदीलाई फर्कन स्थानीय प्रशासनले असोज २० गतेसम्मको समय सीमा दिएको थियो । फर्केकामध्ये ११ जना कैद भुक्तान गरेर छुटिसकेका छन्।

कैदीबन्दीलाई फर्कन तोकिएको समय सीमा सकिएकाले नफर्केका कैदीबन्दीलाई अब पक्राउ गरिने जेलर चिरञ्जिवी सापकोटाले बताए। जेनजी आन्दोलनको क्रममा भदौ २४ गते कारागारबाट ६६६ जना कैदीबन्दी फरार भएका थिए।

अझै २९२ कैदीबन्दी फरार रहेका छन्।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode