Hikmat Acharya
  • २७ असोज २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

विपिन ‘जीवितै रहेको प्रमाण’ दुई वर्षपछि सार्वजनिक, भिडियोमा भनेका छन् : म नेपाली विद्यार्थी हुँ


धनगढी : इजरायली सेनाले नेपाली बन्धक बिपिन जोशीको भिडियो सार्वजनिक

इजरायली सेनाले ९आईडीएफ० हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी बिपिन जोशीको भिडियो बुधबार राति सार्वजनिक गरेको छ। सन् २०२३ नोभेम्बरमा खिचिएको अनुमान गरिएको यो भिडियो बिपिनको परिवारको अनुरोधमा सार्वजनिक गरिएको हो।

सन् २०२३ अक्टोबर ७ मा इजरायलको किब्बुट्ज अलुमिमबाट अपहरणमा परेका बिपिनको हालको अवस्था अझै अज्ञात छ। भिडियो इजरायली गुप्तचरले गाजामा जारी युद्धका क्रममा पाएको र सार्वजनिक गर्नुअघि सेन्सर गरिएको जनाइएको छ।

भिडियोमा बिपिनले आफूलाई यसरी परिचय गराएका छन्, “इस्मी (मेरो नाम) बिपिन जोशी हो। म नेपालबाट आएको हुँ। मेरो उमेर २३ वर्ष छ। म २५ दिनअघि इजरायल आएको हुँ। म ‘लर्न एन्ड अर्न’ कार्यक्रमका लागि आएको हुँ। म विद्यार्थी हुँ।”

बिपिनकी बहिनी पुष्पा जोशीले द जेरुसेलम पोस्टसँग कुरा गर्दै भिडियो सार्वजनिक गर्नुको उद्देश्य बन्धक सम्झौतामा प्रगति गराउने प्रयास भएको बताइन्।

हाल अमेरिकामा रहेकी उनले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटेर दाजुको रिहाइका लागि आग्रह गर्ने तयारी गरेकी छन्। कञ्चनपुरका बिपिन जोशीले हमास आक्रमणको बेला साथीहरूको ज्यान जोगाउन साहसिक कार्य गरेका थिए।

जोशी परिवारले यो भिडियोले बिपिन जीवित रहेको विश्वास अझ प्रबल बनाएको बताउँदै अन्तर्राष्ट्रिय समुदायलाई बन्धक मुक्तिका लागि पहल जारी राख्न आग्रह गरेको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode