लेखराजको घर पुनः बनाउँदै एमाले

धनगढी- नेकपा एमाले सुदूरपश्चिमले पुनर्निर्माण अभियान सुरू गरेको छ।
प्रदेश कमिटीले जेनजी आन्दोलनका क्रममा आगलागी तथा तोडफोड गरिएका पार्टी कार्यालय र नेता–कार्यकर्ताका भवनहरूको पुनर्निर्माण तथा व्यवस्थापन अभियान सुरु गरेका हुन्।
जसअन्तरगत सोमबार नेकपा एमाले केन्द्रीय सचिव लेखराज भट्टको भवनमा पुनर्निर्माणको काम सुरु गरेर अभियान सुरु गरिएको छ। एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले पुनर्निर्माण गरेर मुलुकलाई उठाउन तयार रहेको बताए।
सोमबार प्रदेश इञ्चार्जको घर पुनर्निर्माण गर्न नेता–कार्यकर्ताहरू त्यहाँ पुगेका थिए।
गत भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा भट्टको घरमा आगजनी गरिएको थियो। आगजनी तथा तोडफोडबाट करिब १० करोड बराबरको क्षति भएको उनले बताएका छन्।
क्याटेगोरी : सुदूरपश्चिम
प्रतिक्रिया