Hikmat Acharya
  • २७ असोज २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

धनगढीमा बस दुर्घटना, पैदल यात्रीको मृत्यु


धनगढी– धनगढीबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित बोराडाँडीमा ग २ ख १९०७ नम्बरको बस शनिबार बिहान दुर्घटना भएको हो।

सो दुर्घटनामा घाइते भएका एक पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंहले ६० वर्षीय गणेश शाहीको मृत्यु भएको बताए।

स्कुटीलाई जोगाउने क्रममा दुर्घटनामा परेको बताइएको छ । यस्तै दुर्घटनामा परी घाइते भएकाहरूको भने उपचार भइरहेको छ।

प्रहरीका अनुसार बसमा १९ जना सवार रहेका थिए। घाइतेहरुको विस्तृत विवरण खुल्न बाँकी रहेको र थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode