Hikmat Acharya
  • ७ कात्तिक २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

पाँचथरमा बलेरो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु


 

विराटनगर– पाँचथरको कुम्मायक गाउँपालिका वडानम्बर २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

ताप्लेजुङबाट इटहरीतर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो गाडी आज बिहान तमोर करिडोरमा दुर्घटना भएको थियो ।

घटनास्थलमा रहेका पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले ३ जना महिला र ३ जना पुरुष गरी ६ जनाको मृत्यु भएको जानकारी दिए ।

अरु ६ जना घाइते छन् । उनीहरुलाई उद्धार गरेर अस्पताल पठाइएको छ । दुर्घटनामा मृत्यु भएका र घाइते भएकाहरुको परिचय खुलेको छैन् ।

सदरमुकाम फिदिमबाट सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीलाई उद्धारका लागि घटनास्थलमा परिचालन गरिएको छ ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode