Hikmat Acharya
  • २७ असोज २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

धनगढीबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना, ३७ जना घाइते


रुपन्देही : कपिलवस्तुको वनकसवासामा धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन्।

ना ८ ख ५७०३ नम्बरको बस शनिवार बिहान करिब साढे ५ बजे सडक छेउमा पल्टिँदा दुर्घटना भएको हो।

दुर्घटनामा २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये १६ जनालाई थप उपचारका लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा रिफर गरिएको छ भने २० जनाको उपचार चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode