Hikmat Acharya
  • २७ असोज २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

प्रदेश प्रमुख मियाँको शुभकामना: दसैंले दिगो शान्ति र सामाजिक सहिष्णुताका लागि प्रेरणा मिलोस्


धनगढी: सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले बडादसैँले मुलुकमा दिगो शान्ति र सामाजिक सहिष्णुताका लागि प्रेरणा मिलोस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।

बडादसैँ २०८२ को अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेश प्रमुख मियाँले दसैँले दिगो शान्ति र सामाजिक सहिष्णुताका लागि थप प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका छन्।

‘यो पर्वले सबैलाई राष्ट्र र राष्ट्रियता प्रतिको गहिरो प्रेम, भ्रातृत्व र दिगो शान्ति र सामाजिक सहिष्णुताका लागि थप प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु,’ उनको शुभकामना सन्देशमा उल्लेख गरिएको छ।

पारिवारिक मिलन भई खुसीयाली तथा हार्दिकता साटासाट हुने भएकाले यो पर्वमार्फत समाजमा आपसी रिस–राग अन्त्य हुने विश्वास आफूले लिएको उनले जनाएका छन्।

नेपालका धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व एवम् पारस्परिक सहयोगलाई अझ प्रेरणा दिने उनले शुभकामना सन्देशमार्फत उल्लेख गरेका छन्।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode