दसैँको टीकाको शुभसाइत बिहान ११ बजेर ५३ मिनेटमा

काठमाडौँ : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको टीकाको साइत सार्वजनिक गरेको छ।
समितिका अध्यक्ष प्रा.शम्भु प्रसाद ढकालका अनुसार असोज १६ गते बिहीबार ११:५३ बजे दसैँकाे टीकाको शुभसाइत रहेको छ। देवी विसर्जनको साइत बिहान ९:२३ बजे रहेको छ । टीका लगाइमाग्ने पूर्व फर्कनुपर्ने समितिले जानकारी दिएको छ।
यता, अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरुका लागि विजयादशमीको टीकाको शुभ साइत सार्वजनिक गरेको छ।
क्याटेगोरी : राष्ट्रिय, समाचार
प्रतिक्रिया