दसैँको दिन धनगढी-अत्तरिया-फूलबारीसम्म निःशुल्क बस

धनगढी : दसैँको दिन कैलालीको धनगढी, अत्तरिया र फूलबारीमा निःशुल्क बस सञ्चालन हुने भएको छ।
धनगढी उपमहानगरपालिकाको समन्वयमा धनगढीको नवजीवन अस्पताल प्रालिले दसैँको दिन निःशुल्क बस सञ्चालन गर्ने भएको हो।
दसैँमा टीका थाप्नका लागि एक ठाउँबाट अर्को ठाउँमा ओहोरदोहोर गर्ने व्यक्तिको सहजताका लागि निःशुल्क बस सञ्चालन गर्ने जनाइएको छ।
बस धनगढीको चौराहादेखि फूलबारीसम्म, फूलबारीदेखि चौराहासम्म, चौराहादेखि अत्तरियासम्म, अत्तरियादेखि चौराहासम्म चल्ने धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले जानकारी दिए।
उनले निःशुल्क बस सञ्चालनको समय तोकिएको उल्लेख गरे।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया