Techie IT
  • ३० मंसीर २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

महरा, घर्ती र तिमिल्सिनाले सरकारी गाडी फिर्ता गरे


महरा, घर्ती र तिमिल्सिनाले सरकारी गाडी फिर्ता गरे

काठमाडौं :  पूर्वसभामुख तथा राष्ट्रिय सभाका पूर्वअध्यक्षहरूमध्ये तीनजनाले सरकारी गाडी फिर्ता गरेका छन्।

कानुनमा सवारीसाधन सुविधा दिने प्रबन्ध नभए पनि लिइरहेका पूर्वसभामुख कृष्णबहादुर महरा र ओनसरी घर्ती तथा राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गाडी फिर्ता गरेका अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए।

‘कानुनमा सवारीसाधन सुविधा दिने प्रबन्ध नभएको, तर लिइरहनुभएका पूर्वसभामुख तथा राष्ट्रिय सभा अध्यक्षहरूमध्ये कृष्णबहादुर महराज्यू, ओनसरी घर्तीज्यू र गणेशप्रसाद तिमिल्सिनाज्यूले सवारीसाधन फिर्ता गर्नुभएको आधिकारिक जानकारी प्राप्त भएको छ,’ खनालले फेसबुकमार्फत जानकारी दिएका छन्।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode