Hikmat Acharya
  • २७ असोज २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

कञ्चनपुरमा पङ्खा जोड्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु


कञ्चनपुरमा पङ्खा जोड्दा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको पुनर्वास नगरपालिका–१० देउराली टोलकी ५५ वर्षीय करडीदेवी रावतको करेन्ट लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले आफ्नै घरको कोठामा टेबुल पङ्खा विद्युत्को पलकमा जोड्ने क्रममा हातमा करेन्ट लागेर करडीदेवीको मृत्यु भएको बताएको छ।

सोमवार दिउँसो घटना स्थलमा नै उनको मृत्यु भएको प्रहरीले बताएको छ। प्रहरी चौकी परासनबाट २ जनाको प्रहरी टोली सुरुमा घटनास्थल पुगेको थियो।

इलाका प्रहरी कार्यालय, त्रिभुवनस्तबाट पनि सात जनाको प्रहरी टोली अनुसन्धानका लागि घटना स्थलमा पुगेको थियो।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode