Hikmat Acharya
  • २७ असोज २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

कञ्चनपुरमा एक पुरुषले आफ्नै घांटी रेटेपछि…


कञ्चनपुरमा एक पुरुषले आफ्नै घाँटि रेटेका छन् । धानकाटिरहेको समयमा बेलौरी नगरपालिका–६ मा रिछाहाका ४० वर्षीय राधेश्याम रानाले आफ्नै घाँटि रेटेका हुन् ।

सोहि ठाउँकि मन्तोरा रानाको खेतमा धान काटिरहेकी मनीषा रानाको हँसियाले राधेशयामले घांटि रेटेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।

सोमवार बिहान ११ बजे मनीषाको साइकलमा राखिएको हँसियाले राधेशयामले आफै घाँटी काटेको खबरपछि इलाका प्रहरी कार्यालय, बेलौरीबाट सात जनाको प्रहरी टोली घटनास्थलसम्म पुगेको थियो।

उनलाई उपचारका लागि ईशान मेमोरियल अस्पतालमा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको छ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले घटनाका विषयमा अनुसन्धान जारी रहेको बताएको छ। घाँटी काट्नुको कारण खुलेको छैन।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode