कान्तिपुरलाई क्रिकेटर सन्दीपको प्रश्न : कहिले सुध्रिन्छौ ?

धनगढी : नेपाली क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले कान्तिपुर टिभीमा आएको समाचार प्रति आपत्ती जनाएका छन्।
सन्दीप लामिछानेले नासा सेक्युरिटीका कारण युनिटी कपको पहिलो खेल गुमाएको भन्दै समाचार प्रकाशित गरेपछि सन्दीपले सामाजिक सञ्जाल फेसबुक मार्फत जवाफ फर्काएका हुन्।
सन्दिपले लेखेका छन्, ‘खासै म यस्ता कुरामा वास्ता गर्दिनँ, तर एउटा प्रश्न छ, कहिले सुध्रिन्छौ यार, कान्तिपुर टिभी एचडी ?’
‘अहिलेसम्म पनि तपाईंहरू यही कुरा मात्र ठूलो विषय ठानिरहनुभएको छ ? यत्रा हालत हुँदा पनि अझै सुध्रिन सकिएको छैन ? त्यस्तो कुरा हो भने प्रमाणसहितको स्रोत मेरो अगाडि ल्याउनुहोस्, सन्दीपले भने।
उनले नासा सेक्युरिटी लगाएर खेल्दिन भनिएको भए, अष्ट्रेलियाको सिरिजमा के लगाएर खेलिएको थियो त ? र, यहाँका खेलहरूमा पनि त्यही लोगो छ ? भन्दै प्रश्न गरेका छन्।
उनले क्यानसँगको कुरा व्यक्तिगत विषय भएको र समाधान पनि आफैं गर्ने बताएका छन्। भने अनावश्यक चासो दिएर हावामा समाचार हालिएको आरोप लगाएका छन्।
उनले लेखेका छन्, ‘समय अझै छ, बेलामा बुझेर समाचार लेख्ने बानी बसाल्नुस्। तपाईंहरूलाई म अझै पनि नेपालको एक अग्रणी सञ्चारमाध्यम भनेर सम्मान गर्छु। तर अबदेखि यस्तो नहोस् भन्ने मात्र चाहन्छु।’
सन्दीपले लेखेको स्टाट्स :
खासै म यस्ता कुरामा वास्ता गर्दिनँ,
तर एउटा प्रश्न छ— कहिले सुध्रिन्छौ यार,
Kantipur TV HD? अहिलेसम्म पनि तपाईंहरू यही कुरा मात्र ठूलो विषय ठानिरहनुभएको छ? यत्रा हालत हुँदा पनि अझै सुध्रिन सकिएको छैन? त्यस्तो कुरा हो भने प्रमाणसहितको स्रोत मेरो अगाडि ल्याउनुहोस्।
“Naasa Securities” लगाएर खेल्दिन भनिएको भए, अष्ट्रेलियाको सिरिजमा के लगाएर खेलिएको थियो त? र, यहाँका खेलहरूमा पनि त्यही लोगो छ।
र जहाँसम्म CAN सम्बन्धी कुरा छ, त्यो व्यक्तिगत विषय हो। त्यसको समाधान म आफैंले गरिहाल्छु। तर त्यसलाई लिएर किन त्यति चासो देखाएर हावामा समाचार हालिन्छ?
समय अझै छ—बेलामा बुझेर समाचार लेख्ने बानी बसाल्नुस्। तपाईंहरूलाई म अझै पनि नेपालको एक अग्रणी सञ्चारमाध्यम भनेर सम्मान गर्छु। तर अबदेखि यस्तो नहोस् भन्ने मात्र चाहन्छु।
क्याटेगोरी : खेलकुद, राष्ट्रिय, समाचार
प्रतिक्रिया