Hikmat Acharya
  • ७ कात्तिक २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

रास्वपाले तिरेन १० महिनाको भाडा, घरधनीले भने : खाली गर


काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय भवन खाली गर्न घरधनीले आग्रह गरेका छन्।

घरधनी भरतमणि देवकोटाले लामो समयसम्मको भाडावापतकाे रकम नपाएको भन्दै बनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालय रहेको घर तीन महिनाभित्र खाली गरिदिन भनेका हुन्।

लामो समयसम्मको भाडा नपाएको र सुरक्षाको कारण देखाउँदै घर छोड्न रास्वपालाई जानकारी गराएको उनले बताए। देवकोटा हाल अमेरिकामा छन्।

उनका अनुसार रास्वपाले मासिक तीन लाख पचास हजार रुपैयाँमा घरभाडामा लिएको थियो। तर, १० महिनासम्म भाडावापतको रकम आफुले नपाएपछि घर खाली गर्न भनेको उनले बताएका छन्।

रास्वपाको अनुशासन आयोगका प्रमुख रहेका देवकोटा अमेरिका गएपछि उनको स्थानमा अर्को व्यक्तिलाई कार्यवाहक तोकिएको थियो।

स्थापनाकालमा बसुन्धरामा रहेको रास्वपाको कार्यालय त्यहाँ सानो भएको भनी देवकोटाको घर बनस्थलीमा सारिएको थियो।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode