रास्वपा छोड्नेको लहर, केन्द्रीय सदस्य अधिकारीले पनि छोडे

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा. प्रभात अधिकारीले राजीनामा दिएका छन्।
पार्टीका संस्थापक केन्द्रीय सदस्य अधिकारीले शुक्रबार पदबाट राजीनामा दिएका हुन्।
पछिल्लो समय रास्वपामा पार्टी छाड्नेको लहर चल्न थालेको छ।
केहि दिनअघि मात्रै सुमना श्रेष्ठ र केन्द्रीय सदस्य हरि भट्टले राजीनामा दिएका थिए। पार्टी परित्याग गर्नेहरुलाई फर्काउने विषयमा दुईदिने केन्द्रीय समिति बैठकमा समेत छलफल भएको थियो।
जेनजी आन्दोलनका क्रममा पार्टी सभापति रवि लामिछाने कारागारबाट भागेको विषयलाई लिएर रास्वपामा तीव्र असन्तुष्टि बढेका बेला केन्द्रीय तहकै नेताहरुले राजीनामा दिने क्रम बढेको हो।
क्याटेगोरी : राजनीति, समाचार
प्रतिक्रिया