Hikmat Acharya
  • २७ असोज २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

क्षेतीग्रस्त सुदूरपश्चिमका मन्त्रालयहरूमा प्रदेश प्रमुख मियाँद्वारा निरीक्षण


धनगढी : सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएका विभिन्न सरकारी कार्यालयहरूको अवलोकन गरेका छन्।

२४ भदौमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयसहित प्रदेशका सबै मन्त्रालय, प्रदेश सभा र जिल्ला प्रशासन कार्यालयमा आगजनी, तोडफोड र लुटपाट भएको थियो। बिहीबार ती क्षेत्रको अवलोकन गर्दै प्रदेश प्रमुख मियाँले सेवाप्रवाहको अवस्था बारे चासो व्यक्त गरे।

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले नागरिकता वितरणजस्ता काम पुनः सुचारु भइसकेको र राहदानीलगायतका सेवा चाँडै सुरु हुने जानकारी गराए।

सामाजिक विकास, आन्तरिक मामिला तथा कानुन, भौतिक पूर्वाधार विकास तथा अर्थ, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा पनि सचिव र कर्मचारीहरूले क्षतिको विवरण प्रस्तुत गरे।

विशेषगरी भौतिक पूर्वाधार र अर्थ मन्त्रालयमा कार्यालय सञ्चालन गर्नै नसकिने गरी क्षति पुगेको बताइएको छ। प्रदेश सभामा सभामुख भीम भण्डारीसँग समस्या समाधानका लागि भइरहेका प्रयासबारे संक्षिप्त छलफल भएको थियो।

प्रदेश प्रमुख मियाँले आन्दोलनका बीच पनि कार्यालय जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने राष्ट्र सेवक कर्मचारीप्रति कृतज्ञता व्यक्त गर्दै सेवाप्रवाह चाँडै पूर्ण रूपमा सुरु गर्ने वातावरण बनाउन निर्देशन दिएका छन्।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode