सुदूरकी टिकटकर आँचललाई काठमाडौंमा जिउँदै जलाउन खोजीयो

कञ्चनपुरस्थित कृष्णपुर नगरपालिका–२ बाणि घर भएकी टिकटकर आचल नाथमाथि आक्रमण भएको छ।
हाल काठमाडौं बस्दै आएकी कलाकारसमेत रहेकी नाथमाथि पेट्रोल छर्की आगो लगाई ज्यान मार्ने प्रयास गरिएको हो।
पारिवारिक स्रोतका अनुसार अज्ञात समूहले आगो लगाएर जलाउन खोजेपछि घाइते भएकी नाथलाई उपचारका लागि अस्पताल पुगाइएको छ।
अहिले काठमाडौंस्थित केएमसी अस्पतालमा उनको उपचार भैरहेको बताइएको छ। घटनाको कारण भने खुलेको छैन।
यस्तै उनको स्वास्थ्य अवस्थाबारे आधिकारिक विवरण सार्वजनिक भइसकेको छैन।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया