Hikmat Acharya
  • २८ असोज २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

कैलालीमा साधुको हत्या


कैलाली: कैलालीमा कुटीमा बस्दै आएका एक साधुको हत्या भएको छ।

गोदावरी नगरपालिका– ४ चुनेपानीस्थित लक्ष्मीनारायण मन्दिरको बगैँचामा रहेको कुटीमा १६ वर्षदेखि बस्दै आएका ७८ वर्षीय भगत रामनारायण डगौराको बुधबार राति हत्या गरिएको हो।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दका अनुसार डगौराको टाउको चोट छ । ढुंगा प्रहार गरी डगौराको हत्या भएको अनुमान गरिएको छ।

डीएसपी चन्दले घटनाको अनुसन्धानका लागि एक जना शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिए।

‘पक्राउ परेका व्यक्तिले आफूले मदिरा सेवन गरेको र बुधबार राति के भयो भन्नेबारे जानकारी नभएको बताइरहेका छन्,’ डीएसपी चन्दले भने।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode