‘विप्लव’नेतृत्वको नेकपाले भोलि जयगढमा अन्तरक्रिया कार्यक्रम गर्ने

अछाम । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृतत्वको नेपाल कम्युनिष्ट पार्टीले भोलि बान्नीगढी जयगढ गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
“जेन–जी विद्रोह, वर्तमान परिस्थिति निकास : नेकपाको दृष्टिकोण” विषयमा अन्तरक्रिया कार्यक्रम हुने भएको हो ।
गाउँपालिकाको सभाहलमा हुने कार्यक्रममा पार्टीका स्थानीय र केन्द्रीय कमिटिमा रहेका नेतृत्वको उपस्थिति रहने नेकपा अछामका सचिव निरक सी ले बताएका छन् । उनका अनुसार कार्यक्रममा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने छ ।
कार्यक्रम भोलि असोज १० गते दिउँसो १ बजे, बान्नीगढी जयगढ गाउँपालिकाको सभाहलमा हुने बताइएको छ।
यस्तै कार्यक्रम केही दिन अछामको पञ्चदेवल बिनायक नगरपालिकामा गरिएको थियो ।
क्याटेगोरी : पालिका, राजनीति, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया