Hikmat Acharya
  • २८ असोज २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

बाजुराका महिलालाई धान काट्ने चटारो


बाजुरा– बाजुराका महिलालाई धान काट्ने चटारो परेको छ। चैत वैशाखमा पाखो जमिनमा लगाएको धान यतिबेला पाक्न थालेपछि उनीहरुलाई धान काट्ने चटारो परेको हो।

असोजको पहिलो सातादेखि यहाँ राती राती पानी पर्ने गरेकोले त्यो पानीले बारीमा रहेको धान सखाप पारिदिन्छ कि भन्ने डरेले यतिबेला धान काट्न निकै हतार भएको बुढीनन्दा नगरपालिका–९ का स्थानीय महिला जनपुरा बिकले बताइन्।

उनले भनिन्,“यता बारीमा धान पाकेर झुरीमुरी भएको छ। उता घरको आँगनमा दशैंको आगमन हुँदैछ। त्यो दशैं अगावै यो धान काटेर सक्नुपर्ने भएकोले यहाँका महिला बिहान दिउँसो बारीमै व्यस्त हुने गरेका छन्।”

महिलाहरुलाई धान काट्न चटारो छ भने यहाँका पुरुषलाई पनि काटेको धानलाई चुटेर घरमा भित्र्याउने चटारो परेको विकले बताइन्।

चैत वैशाख गरी यहाँ धान दुइ पटक धान खेती लगाउने गर्दछन्। चैत वैशाखमा पाखो र असारमा खेत रोपाइँ गर्दछन्। चैत वैशाखमा लगाएको धान भदौ र असोजको दोस्रो हप्तासम्म पाक्छ। भने असारमा रोपेको धान असोजको तेस्रो हप्तादेखि कात्तिकसम्म पाक्छ।

यहाँको हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा, बडीमालिका, गौमुल, बुढीगङ्गा त्रिवेणी र खप्तड छेडेदह लगायतका महिलालाई चैत र वैशाखमा लगाएको धान काट्न निकै चटारो परेको छ।

बाजुरामा २ लाख तीस हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर मात्र खेती योग्य छ। यहाँ ६ हजार ९१५ हेक्टर जमिनमा मात्र धान खेती गरिन्छ।

यसमा १३ हजार १४० हेक्टर जमिनमा धान उत्पादन हुन्छ भने १.९ मे टन–हेक्टर धान उत्पादकत्व हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी जसिराम साहले बताए।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode