अछामका जैसी कैलालीमा लघुवित्तका कर्मचारीबाट कुटिए, गएका थिए ऋण लिन
धनगढी : कैलालीमा लघुवित्त वित्तीय संस्थामा ऋण लिन गएका एक सेवाग्राही संस्थाकै कर्मचारीबाट कुटपिटमा परेका छन्।
अछामको तुर्माखाँद गाउँपालिका–८ का दीपक जैसीलाई कैलालीस्थित मातृभूमि लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालयमा आज दिउँसो संस्थाका कर्मचारी नरेश तिमिल्सेना र उनका भाइ सैलेन्द्र तिमिल्सेना सहितको समूहले सामूहिक रूपमा आक्रमण गरेको पीडित जैसीको आरोप छ।
जैसीका अनुसार ऋण सम्बन्धी काम सकेर कार्यालयबाट बाहिर निस्कँदै गर्दा उनीमाथि आक्रमण गरिएको हो।
कुटपिटका क्रममा आफूलाई चोटपटक लागेको पीडित जैसीले बताएका छन्।
घटनापछि जैसीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका छन्। प्रहरी अनुसन्धान अघि बढेको जनाइएको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम










प्रतिक्रिया