Hikmat Acharya
  • २८ असोज २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

खर्च कटौतीको विवरण तयार गर्न मुख्यमन्त्री शाहको निर्देशन


धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले खर्च कटौतीको विवरण तयार गर्न विषयगत मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन्।

आज उनकै अध्यक्षतामा बसेको विषयत मन्त्रालयका मन्त्री र सचिव सम्मिलित बैठकमा मुख्यमन्त्रीले सचिवहरुलाई यस्तो निर्देशन दिएका हुन्।

जेनजी आन्दोलनपछि प्रदेश संरचना अन्तर्गतका भौतिक संरचनामा ठुलो क्षति भएको छ। त्यसको समीक्षा गर्दै मुख्यमन्त्रीले खर्च कटौतीको विवरण तयार पार्न निर्देशन दिनु भएको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिए।

उनकाअनुसार प्रदेशका मन्त्रालयलाई मितव्ययी बनाउन प्रदेश सरकारले खर्च कटौती गर्ने निर्णय यसअघि नै गरेको थिया।

यसैगरी, मुख्यमन्त्री शाहले क्षति भएको भौतिक संरचना मर्मत गरी छिटोभन्दा छिटो जनतालाई सेवा प्रवाह गर्न पनि निर्देशन दिनु भएको छ।

जेनजी आन्दोलनको क्रममा भौतिक संरचनामा क्षति भएपछि अझै पनि कतिपय कार्यालयले सेवा सुचारु गर्न सकेका छैनन्। कतिपय कार्यालयहरुले मर्मत गरेर सेवा दिइरहेका जनाइएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode