Hikmat Acharya
  • ७ कात्तिक २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

गोरे र टोपबहादुर कारागार फर्किए


काठमाडौं : जेनजी प्रदर्शनका क्रममा कारागारबाट भागेका चूडामणि उप्रेती ‘गोरे’ कारागार फर्किएका छन्। भदौ २४ मा उनी अरू कैदीबन्दीसँगै कारागारबाट बाहिरिएका थिए।

गोरे कारागार फिर्ता भएको केन्द्रीय कारागारका जेलर कृष्ण चापागाईँले जानकारी दिए। दुबईबाट ३३ किलो सुन तस्करी गरेर काठमाडौँ ल्याएको मुद्दामा उनी थुनामा छन्।

२०७४ माघ ९ मा विमानस्थलमा आएको सुन ‘गोरे’ को समूहले ल्याएको अनुसन्धान निष्कर्ष छ।

तर, सो सुन अहिलेसम्म फेला परेको छैन। भरियाले काठमाडौँको नयाँ बानेश्वर स्थित रत्नराज्य स्कुल नजिकैबाट लुटिएको जानकारी गराएको गोरेले बयानमा खुलाएका छन्।

यसैबीच, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी कारागारमा फिर्ता भएका छन्। जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा केन्द्रीय कारागारबाट अन्य कैदीसँगै भागेका रायमाझी सोमबार कारागार फर्किएका हुन्।

रायमाझी कारागारमा उपस्थित भएको केन्द्रीय कारागारका जेलर कृष्ण चापागाईँले जानकारी दिए। भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपमा रायमाझी अदालतको आदेशले थुनामा गएका हुन्।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode