ऐन कानुनको धज्जी उडाउदै अध्यक्ष साउँद : सिनियरलाइ लत्याएर जुनियरलाई बनाए हाकिम

अछाम : अछामको बान्नीगढी जयगढ गाउँपालिकामा नियम र सेवागत मर्यादाको ठाडो उल्लङ्घन गर्दै सिनियर कर्मचारीलाई पन्छाएर जुनियरलाई हाकिमको अख्तियारी दिइएको छ ।
तह बृद्धिपछि सातौँ तहका झनक रेग्मी गाउँपालिकाका सबैभन्दा सिनियर कर्मचारी भए पनि गाउँपालिकाले छैटौँ तहका स्वास्थ्य सेवाका कर्मचारी बसन्त रावललाई आर्थिक अख्तियारी सहित निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो ।
सिनियरलाई पाखा लगाएर जुनियरलाई जिम्मेवारी दिनु कानुनको धज्जी उडाउनु र पारदर्शितामाथि कुठाराघात भएको जानकारहरु बताउछन् । “नियम–कानुन पालना गर्दै पारदर्शिता र निश्पक्षता आफ्नो पर्यावाचि जस्तै रहेको दावी गर्दै आएका गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदकै कृपाले मात्रै यस्तो अनैतिक निर्णय सम्भव भएको गाउँपालिकाका एक कर्मचारीको बताए ।
स्थानिय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत तोक्ने बिषयमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्र :
सिनियरलाई पाखा लगाएर जुनियरलाई हाकिम बनाईएको यो घटनाले गाउँपालिकाभित्र सुशासन होइन, ‘कृपाको खेल’ र मनपरीतन्त्र हावी भईरहेको कुरा प्रमाणित गर्न थप बल पुगेको छ ।
उसो त यसअघि पनि गाउँपालिका अध्यक्ष साउँदले मन्त्रालयले ९ औँ तहकै अधिकृत खटाए पनि वसन्त रावललाइ नै हाकिम बनाएर देखाउने बताउदै आएको चर्चा चल्ने गरेको थियो ।
सिनियरलाई छोडि गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदले जुनियरलाई आर्थिक अख्तियारी दिएर हाकिम बनाएको बिषयलाई लिएर कार्यपालिका बैठकमा समेत मत बाँझिएको एक कार्यपालिका सदस्यले बताएका छन् ।
बैठकमा अध्यक्षले हाकिम बनाउने मैले हो तपाईहरु सल्लाह गर्नुस् न भन्दै गैरजिम्मेवारपूर्ण जवाफ फर्काएको उनको भनाइ छ ।
निति नियमको पालना नगरेको भन्दै गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदलाइ कार्यपालिका बैठकमै गएर एक कर्मचारीले नैतिकता भए राजिनामा दिएर बस्न चुनौति दिएको बताईएको छ । कर्मचारीको चुनौतीपछि रातोपिरो भएपनि गाउँपालिका अध्यक्ष साउँदले कुनै जवाफ भने नफर्काएको बैठकका एक सहभागीले बताएका छन् ।
कार्यालयमा आफू भन्दा सिनियर कर्मचारी हुदाहुदै अध्यक्ष साउँदको आडमा आर्थिक अख्तियारी लिएको बिषयमा निमित्त प्रमुख प्रशासकीय अधिकृत वसन्त रावलको कर्मचारीहरुले नै आलोचना गर्दै आएका छन् । नैतिक रुपमा समेत उनको यो कदम गलत रहेको बताइन्छ ।
सिनियरलाई छोडि जुनियरलाई हाकिम बनाईएको बिषयमा पश्चिम रैवारसंग प्रतिकृया दिदै गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदले भने दशैँ लगत्तै प्रमुख प्रशासकीय हाजिर हुने भएका कारण साविककै निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई निरन्तरता दिईएको बताएका छन् । नयाँ हाकिम नआए नियमानुसार अघि बढ्ने बताउदै उनले यस बिषयलाई ठूलो बिषय बनाउन आवश्यक नरहेको उल्लेख गरे ।
आफू हुदा हुँदै जुनियरलाइ हाकिम बनाईएपनि मौन देखिएका झनक रेग्मीले सामाजिक संजालमा फेसबुकमा यो कदमप्रति लक्षित गर्दै एक स्टाट्स शेयर गरेका छन् ।
क्याटेगोरी : पालिका, राजनीति, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया