Techie IT
  • ३० मंसीर २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

महावीर मन्त्रालयमै सुत्ने, पीएसओलाई भने–पछिपछि नआउनू


महावीर मन्त्रालयमै सुत्ने, पीएसओलाई भने–पछिपछि नआउनू

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफू मन्त्रालयमै सुत्ने भन्दै खाटको व्यवस्था गर्न निर्देशन दिएका छन्। सोमबार पदभार ग्रहरणपछि कर्मचारीहरूलाई निर्देशन दिँदै उनले सुत्ने खाट र खाना पकाउने व्यस्थापन गर्न भनेका हुन्

‘म जहाँ काम गर्छु, त्यहीँ बस्ने बानी छ । मन्त्रालयमै एउटा कोठा बनाउनुस्, खाट र कुर्सी चाहिन्छ । किचन भए पुग्छ, म आफैँ पकाएर खान्छु,’ मन्त्री पुनले भने।

उनले आफूलाई प्रहरी वा सेनाको सुरक्षा आवश्यक नपर्ने बताए।

‘अहिलेसम्म आएको सुरक्षा टोलीलाई कमाण्डरलाई रिपोर्ट गरेर फर्कन भनेको छु। मेरो अघिपछि आउनु पर्दैन,’  पुनले भने। उनले मन्त्रालयको कामका लागि बाहिर जाँदा गाडी भने प्रयोग गर्ने बताए।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode