सरकारले जेनजी आन्दोलनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने

धनगढी : सरकारले जेनजी आन्दोलनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ।
गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा भएको क्षति लगायतका विषयमा अध्ययन गर्ने पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गर्ने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
आयोगमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानूनविद् विशेश्वरप्रसाद भण्डारी सदस्य छन्।
उक्त आयोगको कार्यकाल ३ महिनाको रहने उनले बताए।
क्याटेगोरी : राष्ट्रिय, समाचार
प्रतिक्रिया