Hikmat Acharya
  • ४ असोज २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

एक सातापछि पनि मन्त्रिपरिषद् अधुरै, मन्त्री बन्न आकांक्षीको प्रचारबाजी !


काठमाडौँ : अन्तरिम प्रधानमन्त्रीका रूपमा नियुक्त भएको एक सातापछि पनि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले मन्त्रिपरिषद् पूर्णता दिन सकेकी छैनन्। ११ सदस्यीय मन्त्रिमण्डल बनाउने भनिए पनि अहिलेसम्म तीन मन्त्री मात्र नियुक्त भएका छन्, बाँकीको टुंगो लाग्न सकेको छैन।

यसबीच विभिन्न पेशा–व्यवसायमा संलग्न व्यक्तिहरूले मन्त्री बन्ने आकांक्षा देखाउँदै प्रचारबाजी गर्न थालेका छन्। जेन जी पुस्ताले अघि सारेको अपेक्षा भने प्रचारको भीडमा अलपत्र पर्ने अवस्था देखिएको छ।

होटल व्यवसायी संघ (हान)का अध्यक्ष विनायक शाहले आफूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका लागि उपयुक्त पात्र भन्दै विभिन्न सञ्चारमाध्यमलाई प्रचार सामग्री पठाएका छन्।

सो पत्रमा शाहलाई ‘अनुभवी, अन्तर्राष्ट्रिय सम्पर्क भएको र सुधारको स्पष्ट दृष्टिकोण भएको व्यक्तित्व’ भनेर प्रस्तुत गरिएको छ। तर उनको नाम मन्त्रीको लागि आधिकारिक रूपमा कसैले सिफारिस गरेको प्रमाण भने खुलेको छैन। यस्तै पाइलट विजय लामाले आफूलाई मन्त्री बन्न अफर आएको दाबी गर्दै सामाजिक सञ्जालमा चर्चा पाएका छन्।

तर उक्त अफर कसले गरेको भन्नेबारे प्रष्ट जानकारी छैन। गायक राजेश पायल राईले पनि सामाजिक सञ्जालमार्फत् सञ्चार वा पर्यटन मन्त्रालय सम्हाल्न दिन आग्रह गरेका थिए। विदेश भ्रमण र संगीत क्षेत्रमा अनुभव भएको दाबी गर्दै उनले आफूलाई उपयुक्त उम्मेदवारको रूपमा प्रस्तुत गरेका हुन्।

त्यस्तै, सञ्चार उद्यमी तथा टिभी टुडे अध्यक्ष जनकराज पन्तले सञ्चारमन्त्री बन्ने इच्छा प्रकट गर्दै प्रचारबाजी गरेका छन्।

यसैबीच, जेन जी आन्दोलनमा फ्रि टिबेट मुभमेन्ट, निर्वासित तिब्बती धार्मिक नेता दलाइ लामा, पश्चिमा शक्ति राष्ट्र र विभिन्न आइएनजीओको सहयोग रहेको तथ्य बाहिरिएपछि कतिपय सम्भावित मन्त्री पदका प्रस्तावहरूलाई व्यक्तिहरूले अस्वीकार गरेको जानकारीसमेत आएको छ।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode