Hikmat Acharya
  • ३ असोज २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

अछामको बान्नीगढीले गर्‍यो प्रोत्साहन भत्ता खारेज


अछाम: अछामको बान्नीगढी जयगढ गाउँपालिकाले सबै प्रकारका प्रोत्साहन भत्ता खारेज गरेको छ।

शुक्रबार बसेको गाउँ कार्यपालिका बैठकले अबदेखि कुनै पनि कर्मचारीले प्रोत्साहन भत्ता लिन नपाउने गरी यससम्बन्धी कार्यविधि नै खारेज गरेको हो।

यसअघि गाउँपालिकाका सबै तहका कर्मचारीहरुले प्रोत्साहन भत्ता स्वरुप मासिक दुई हजार रुपैयाँ बुझ्दै आएका थिए।

देशको पछिल्लो अवस्थालाई विश्लेषण गर्दै स्रोतमा परेको चापलाई मध्यनजर गरी प्रोत्साहन भत्ता खारेज गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउँदले बताए।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode