देउवाको टाउकोमा १२ वटा टाँका
धनगढी : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको छ।
जेनजी आन्दोलनको क्रममा आफ्नै निवास बूढानीलकण्ठमा आक्रमणमा परेका देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको हो।
उनलाई गम्भीर चोट लागेको र टाउकोमा १२ वटा टाँका लगाइएको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।
विश्वकर्माका अनुसारदे देउवा र आरजु अहिले सामान्य अवस्थामा छन्फ। देउवाको गर्धनभन्दा माथि टाउकोमा गम्भीर चोट लागेको छ।
त्यहाँ १२ वटा टाँका लगाइएको छ। निको हुँदै गएको छ।
उनका अनुसार चिकित्सकले धारिलो हतियार प्रहारबाट उक्त चोट लागेको भनेको र कसले के हतियारले प्रहार गर्यो भन्ने अहिलेसम्म नखुलेको पनि बताए।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार










प्रतिक्रिया