देउवाको घरभित्र पैसैपैसा भेटिएको बारे के भन्छ सचिवालय ?
काठमाडौं : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन परराष्ट्रमन्त्री आरजू राणाको घरबाट भदौ २४ गते भएको प्रदर्शनका क्रममा घरबाट पैसैपैसा भेटिएकोबारे उनको निजी सचिवालयले खण्डन गरेको छ।
देउवाका स्वकीय सचिव भानु देउवाले वक्तव्य जारी गर्दै सामाजिक सञ्जालमा आएका भिडियोहरु फेक भएको दाबी गरेका छन्।
‘जनमानसमा अपमानित गर्ने मनासयले प्रविधिको गलत प्रयोगबाट विभिन्न ठाउँमा विभिन्न समयका जलेका नोटका दृष्यहरू जोडेर सम्पादित फोटो र भिडियोहरू यूट्यूव तथा सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको पाइएको छ, यसमा कुनै सत्यता नभएको स्पष्ट पार्न चाहान्छौं’, सचिवालयले भनेको छ।
त्यस्तै, देउवा दम्पतीमाथि डकैती शैलीमा घरमा आक्रमण भएको पनि उल्लेख छ।

क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार










प्रतिक्रिया