केपी ओली अबदेखि महेश बस्नेतको छिमेकी, बस्नेतले नै खोजिदिएका थिए भाडाको घर

धनगढी : नेकपा (एमाले)का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भाडाको घरमा बस्ने टुंगो लागेको छ।
जेन–जी ध्वंशको क्रममा भक्तपुरको बालकोटस्थित घर आगजनीबाट खरानी भएपछि उनी भाडाको घरमा बस्न लागेका हुन्। सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित एक घरमा उहाँका लागि डेरा खोजिएको बताइएको छ।
ओलीको लागि भाडामा लिइएको घर एमालेका एक स्थानीय कार्यकर्ताको रहेको बुझिएको छ। पोलिटब्युरो सदस्य महेश बस्नेतको घर पनि गुण्डुमै पर्छ।
नेकपा एमालका नेता महेश बस्नेतले गुण्डुमा ओलीकालागि घर व्यवस्था गरेको एमालेका नेताहरुले बताएका छन्। बस्नेतले केही दिनअघि दशौँ हजार युवाले स्वागत गर्दै अध्यक्ष ओलीलाई सार्वजनिक गराउने बताएका थिए।
जेन–जी समूहको प्रदर्शन राज्यको नियन्त्रणबाहिर पुगेपछि पद छाडेर बालुवाटारबाट हेलिकोप्टरमा बेपत्ता ओलीलाई नेपाली सेनाले शिवपुरीस्थित स्टाफ कलेजमा सुरक्षा दिएर राखेको थियो।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार
प्रतिक्रिया