Hikmat Acharya
  • २१ कात्तिक २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

अछाममा ४ वर्षमा करेन्ट लागेर ७ जनाको मृत्यु , २१ घाइते (विवरण सहित)


अछाम । अछाम जिल्लामा पछिल्ला चार वर्षमा करेन्ट लागेर सात जनाले ज्यान गुमाएका छन् भने २१ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय अछामको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९÷८० देखि हालसम्म जिल्लामा करेन्टका कारण सात जनाको मृत्यु भएको हो भने २१ जना घाइते भएका छन् । मृतकमध्ये ५ जना पुरुष र एक महिला रहेका छन् भने घाइतेमध्ये १८ पुरुष र तीन महिला छन् ।

जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक टेक बहादुर देउवाका अनुसार आर्थिक वर्ष २०७९/८० मा दुई जनाको मृत्यु र तीन जना घाइते, २०८०/८१ मा दुई जनाको मृत्यु र सात जना घाइते, २०८१/८२ मा दुई जनाको मृत्यु र छ जना घाइते तथा २०८२/८३ मा एक जनाको मृत्यु र पाँच जना घाइते भएका छन् ।

अधिकांश घटना व्यक्तिको लापरबाहीका कारण भएका छन् भने केही घटनामा नेपाल विद्युत प्राधिकरणको लापरबाही पनि देखिएको छ ।

२०७९।०७।१७ – तपेन्द्र साउँद, साँफेबगर–७, घरको छत प्लास्टर गर्ने क्रममा

२०८०।०३।०९ – सर्जने साउँद, मेल्लेख गाउँपालिका–४, बिजुली लाइन विस्तार गर्ने क्रममा

२०८१।०२।२७ – पदम बोहरा, साँफेबगर–१४, ट्रान्सफर्मर फ्युज जोड्ने क्रममा

२०८१।०३।११ – बिमल बि.क, तुर्माखाद–६, मेनलाइनको तार भुइँमा खसेकोमा छोइदा

२०८१।१२।११ – सुनिल कडायत, बान्नीगढी–६, पोलबाट खसेको तार छोइदा

२०८२।०३।१६ – बिर बहादुर साउँद, साँफेबगर–१४, ओढेको छाता मेनलाइनमा छोइदा

२०८२।०४।३१ – रोहित साउँद, जयगढ बजार, राष्ट्रिय झण्डा टाँग्ने क्रममा

यी दुर्घटनाहरूले गाउँघरमा रहेका दर्जनौं परिवारहरूमध्ये कतिपयले अभिभावक त कतिले भविष्यको सहारा गुमाएका छन् । विद्युत् जस्तो आवश्यक सेवालाई सुरक्षित बनाउन सेवा प्रदायक निकायहरूले अझ जिम्मेवार हुन जरुरी रहेको छ ।


क्याटेगोरी : पश्चिम खोज, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode