Hikmat Acharya
  • २ असोज २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

जिल्ला कारागार बैतडीका ५८ जना कैदी नियन्त्रणमा, चार अझै फरार


बैतडी: जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते बैतडी कारागारबाट भागेका ६२ जना कैदीबन्दीमध्ये ५८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार साँझसम्म ५८ जना कैदीबन्दी तथा थुनुवा प्रहरी नियन्त्रणमा आइसकेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बल्देव बडूले बताए।

बैतडी कारागारमा ५४ जना कैदीबन्दी र आठ जना थुनुवा गरेर ६२ जना बस्दै आएका उनले बताए।

भदौ २४ गते राति कारागारमा तोडफोड र आगजनी गरेर सबै कैदीहरु भागेका थिए । भागेका मध्ये सात जना थुनुवा र ५१ जना कैदीबन्दीलाई कारागारमा ल्याइसकेको प्रहरी निरीक्षक बडूले जानकारी दिए।

भागेका मध्ये तीन जना कैदीबन्दी र एक जना थुनुवा अझै फरार रहेका छन् ।

फरार रहेकाहरुको हुलियासहित सबै ठाउँमा विवरण पठाइएको र उनीहरुको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक बडूले जानकारी दिए ।

सीमा नाकामा समेत उनीहरुको फोटोसहितको हुलिया पठाइएको उनको भनाइ छ ।

प्रहरीले संयुक्त अप्रेशन सञ्चालन गरेर भागेका कैदीबन्दी र थुनुवाहरुलाई नियन्त्रणमा लिनका लागि खोजी कार्य तीव्र पारेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिपककुमार रायले बताए ।

जिल्ला कारागारको बन्दीगृहमा अहिले ६० जना कैदीबन्दी तथा थुनुवा पुगेका छन् । एकजना दार्चुला कारगाराबाट भागेका कैदीबन्दीलाई पनि बैतडी कारागारमै राखिएको छ । बैतडी नै घर भएकाले उनलाई पनि यतै राखिएको भण्डारीले बताउनुभयो ।

एकजना नयाँ थुनुवा थपिएपछि अहिले कारागारमा ६० जना पुगेका छन् । सिगासकी बेलमती धामीको हत्यामा संलग्न यज्ञसिंह धामी अहिले पुर्पक्षका लागि कारागामा रहेका बताइएको छ । भदौ २४ गते रातिको तोडफोड र आगजनीबाट कारागारको बन्दीगृहमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode