बैतडीमा एक किशोरी मृत फेला

बैतडी– बैतडीमा एक किशोरी मृत फेला परेकी छन् ।
जिल्लाको सुर्नया गाउँपालिका –५ नौघरकी १७ बर्षीया अप्सरा चन्द मृत फेला परेकी हुन् ।
रौलेश्वर मावि रामकी बरायलमा कक्षा १२ मा अध्ययनरत चन्द सुर्नया नदी किनारमा मृत फेला परेकी सुर्नया गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष केशवबहादुर बिष्टले बताए ।
आज बिहान नदी किनारमा चन्दको शव देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेन्द्र साउँद नेतृत्वको टोलीले घटनास्थलमा पुगेर घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बल्देव बडूले बताए ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ ।
शव फेला परेको स्थानभन्दा माथि नदी किनारमा मृतकको मोबाइल र चप्पल फेला परेकाले उनले नदीमा हाम फालेको हुन सक्ने आशंका गरिएको छ ।
कक्षा १२ मा अध्यनरत अप्सराको मृत्युपछि सिङ्गो गाउँनै शोकमा डुबेको छ ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया