बिवादित सरस्वती माविले निकाल्यो विज्ञप्ति : समस्याको समाधान कि झारो टार्ने खोस्टो ?

अछाम । बेला–बेला विवादमा तानिँदै आएको बान्नीगढी जयगढ गाउँपालिका–स्थित सरस्वती माध्यमिक विद्यालयले व्यवस्थापन समिति नेतृत्व बिहिन भएको विषयलाई लिएर विज्ञप्ति सार्वजनिक गरेको छ।
विद्यालयमा लामो समयदेखि समिति गठनमा ढिलासुस्ती भइरहेको र यसबीच विभिन्न आरोप–प्रत्यारोप भइरहेका बेला प्रधानाध्यापक टेक बहादुर कुँवरले विज्ञप्ति जारी गरेका हुन्। तर उक्त विज्ञप्ति समस्याको समाधानभन्दा झारो टार्ने खोस्टो मात्र देखिएको छ ।
गएको असार ११ गतेदेखि विद्यालय व्यवस्थापन समिति नेतृत्वबिहिन छ । समिति गठनका लागी आवश्यक प्रक्रिया अघि नबढाइएको भन्दै सर्वत्र आलोचना भइरहदा प्रधानाध्यापक कुँवरले भने विज्ञप्ति मार्फत ‘जेनजी आन्दोलनका कारण समिति गठनका लागि छलफल र सहमतिको काम अघि बढाउन नसकिएको’ दाबी गरेका छन्।
जवकि जेनजी आन्दोलन अस्ति भदौ २४ गतेबाट मात्र सुरु भएको थियो । असार १९ गते र त्यसपछी एकपटक छलफल भए पनि तदपश्चात् कुनै औपचारिक बैठक वा परामर्श नगराइएको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदका आकांक्षी राम बहादुर साउँदले बताएका छन् ।
अध्यक्ष पदका लागि हाल १८ भन्दा बढी आकांक्षी रहेका छन। तर राजनीतिक दलबीचको खिचातानीले नेतृत्व चयन प्रक्रिया लथालिंग छ । यसबीच विद्यालय प्रशासन र गाउँपालिका सरकारले यसबारे बेवास्ता गर्दै आएका छन् ।
यो पनि पढ्नुहोस् :
दलगत रस्साकस्सीमा अल्झिएको सरस्वती मावि : हेडसर टेक बहादुरलाई अध्यक्ष टेक बहादुरको टेको ?

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : पालिका, शिक्षा, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया