Hikmat Acharya
  • २९ भदौ २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

‘मेरो घर ध्वस्त पार्ने माओवादी हुन्’


काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहन बस्नेतले आफ्नो सिन्धुपाल्चोकस्थित घर ध्वस्त पार्न माओवादीको हात रहेको आरोप लगाएका छन्।

उनले सो कार्यमा स्वदेशी र विदेशी शक्तिको संलग्नता रहेको दाबी गर्दै आक्रोश व्यक्त गरे।

भग्नावशेषमा आयोजित भेलामा बस्नेतले प्रजातन्त्र र राष्ट्रका लागि लडिरहने प्रतिबद्धता जनाए।

उनले भने, ‘मेरो तीनकुने र यहाँको घर जलाइयो। माओवादीको सक्रियतामा स्वदेशी–विदेशी संलग्न छन्। म सानैदेखि प्रजातन्त्रका लागि लडेको हुँ । देश रोइरहँदा चुप बस्न सकिँदैन।’

बस्नेतले आगजनी, तोडफोड र आतङ्ककारी गतिविधिमा माओवादीको भूमिका रहेको भन्दै प्रचण्ड र एमालेका नेताहरूले आगो लगाउने उक्साहट दिएको आरोप लगाए।

उनले सिन्धुपाल्चोकमा कांग्रेसले गरेको विकासको दाबी गर्दै माओवादीका गतिविधिलाई ‘गद्दारी’ को संज्ञा दिए । ‘चुनाव भए हामी जमानत जफत गराउँछौँ,’ उनले भने।

बस्नेतले आफूलाई खतरा भए पनि जनता र प्रजातन्त्रको रक्षाका लागि लड्ने बताए । उनले स्थानीयलाई सम्पत्तिको रेखदेख गर्न र चोर–लुटेराविरुद्ध एकजुट हुन आह्वान गरे।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode