रविलाई राख्न किन मानिरहेको छैन नख्खु कारागार ?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई राख्न नख्खु कारागार प्रशासनले आनाकानी गरेको छ। करिब दुई घन्टा अगाडि नै पुगेका भए पनि अहिलेसम्म रविलाई जेल हालिएको छैन।
रविलाई लिएर रास्वपा कार्यवाहक सभापति डिपी अर्याल र रविपत्नी निकिता नख्खु कारागार पुगेका थिए । अहिलेसम्म उनीहरू पनि भित्रै छन्।
सचिवालयका कर्मचारीहरू कागज बोकेर यताउता गरिरहेका छन्। असुरक्षाको कारण देखाएर रविलाई राख्न प्रशासनले नचाहेको आशंका गरिएको छ।
जेलभित्र अरू पनि केही कैदीबन्दीहरु आउन थालेका छन्।
क्याटेगोरी : राजनीति, समाचार
प्रतिक्रिया