Hikmat Acharya
  • २८ भदौ २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

जेनजी आन्दोलनमा कुन–कुन माओवादी नेताको घरमा क्षति पुग्यो ?


काठमाडौँ: नेकपा माओवादी केन्द्रले जेन-जी युवाहरूले आन्दोलनका क्रममा आफ्ना नेताहरूको घर जलाएको विवरण सार्वजनिक गरेको छ। जसमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि केन्द्रीय सदस्यका घर परेका छन्।

माओवादीले कांग्रेस र एमालेको गठबन्धन सरकारले चालेका कुशासन र अकर्ण्यताका जेन-जीहरूले आन्दोलन गरेको ठहर गर्दै आइरहेको छ। आफ्ना नेताहरूको घरमाथि आक्रमण हुनु जेन-जी आन्दोलनमा घुसपैठ भएको पनि माओवादीले बताएको छ।

यी नेताहरूको जले घर :

१. अध्यक्ष क. प्रचण्डको खुमलटारस्थित निवास र चितवनको घर, लुटपाट, तोडफोड र आगो लगाएर पूरै ध्वस्त।

२. वरिष्ठ उपाध्यक्ष क. नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवास लुटपाट गरेर पूरै ध्वस्त।

३. उपाध्यक्ष अग्निप्रसाद सापकोटाको घर तोडफोड र लुटपाट गरेर पूरै ध्वस्त।

४. उपाध्यक्ष नन्दकिशोर पुनको निवासमा आगजनी, तोडफोड र लुटपाट गरेर क्षतिग्रस्त।

५. उपाध्यक्ष कृष्णबहादुर महराको दाङस्थित घर, तोडफोड र लुटपाट गरेर भग्नवशेषमा परिणत।

६. उपाध्यक्ष पम्फा भुसालको निवास तोडफोड र लुटपाट।

७. उपमहासचिव वर्षमान पुनको निवास, तोडफोड र लुटपाट।

८. उपमहासचिव गिरिराजमणी पोखरेलको निवास तोडफोड र लुटपाट।

९. सचिव चक्रपाणी खनालको घर, आगजनी, तोडफोड र लुटपाट।

१०. केन्द्रीय सदस्य गंगा दाहालको घर आगजनी, तोडफोड र लुटपाट।

११. केन्द्रीय सदस्य जीवन आचार्यको विराटनगरस्थित घर आगजनी, तोडफोड र लुटपाट।

१२. केन्द्रीय सदस्य रेनु दाहालको घर आगजनी, तोडफोड र लुटपाट।

१३. केन्द्रीय सदस्य माधव सापकोटाको घरमा आगजनी।

१४. केन्द्रीय सदस्य राजन दाहालको घरमा तोडफोड र लुटपाट।

१५. ⁠केन्द्रीय सदस्य विशाल खड्काको घर र गाडी पूरै ध्वस्तट।

१६. ⁠केन्द्रीय सदस्य युवराज चौलागाईंको घरमा आजगनी।

१७. ⁠केन्द्रीय सदस्य उमेश यादवको घरमा तोडफोड, लुटपाट।

१८. ⁠ केन्द्रीय सदस्य कमल बुढाथोकीको घरमा लुटपाट।

१९. ⁠प्रदेश नं. १ को पार्टी कार्यालयमा तोडफोड।

२०. केन्द्रीय सदस्य रामनारायण बिडारीको घर आगजनी गरेर ध्वस्त।

२१. बाँकी थप क्षतिको विवरण संकलन हुँदै।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode