आवश्यक परेमा मध्यस्थकर्ताको भूमिका निभाउन तयार छु : सागर ढकाल

काठमाडौँ : डडेल्धुरामा शेरबहादुर देउवासँग चुनाव लडेर चर्चामा आएका युवा नेता सागर ढकालले पछिल्लो समयको राजनीतिक परिस्थितिमा आफूले कुनै पदको आकांक्षा नराखेको स्पष्ट पार्दै आवश्यक परेमा मध्यस्थकर्ताको भूमिका निभाउन तयार रहेको बताएका छन्।
उनलेे भनेका छन्, ‘प्रिय Gen G साथिहरु कोही पनि नभएमा म हजुरहरुलाई मध्यस्तकर्ताको भूमिका निभाउन तयार छु। धेरैले म नै हुन्छु भन्नुभएको छ, म त्यो लाइनमा छैन, म पछि बसेर काम गर्न तयार छु। व्यक्तिगत आवश्यक्ता र इच्छा गौण हुन्, राष्ट्रिय आवश्यक्ता महत्वपूर्ण हो।’
प्रधानमन्त्री छान्नको लागि कानून विधि पद्धति, संविधान हेेर्नुपर्ने उनको भनाइ छ।
उनलेे थपेका छन्, ‘छोटो समयमा हजुरले रुचाएको प्रधानमन्त्री हजुरहरुले पाउनु हुन्छ। मैले यसमा सकेको सहयोग गर्नेछु। छिट्टै काठमाडौं मै भेटौँला।’
जेन जीकाे भर्चुअल बैठकमा भावी प्रधानमन्त्रीकाे रूपमा ढकालकाे पनि चर्चा छ।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार
प्रतिक्रिया