Hikmat Acharya
  • २८ भदौ २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

अछाम कारागारमा कैदी र सुरक्षाकर्मीबीच झडप, तोडफोड र आगजनी


अछाम । अछाम जिल्ला कारागारमा कैदी र सुरक्षाकर्मीबीच दोहोरो झडप भएको छ। देशभर विभिन्न कारागारबाट कैदी निस्कने क्रम तीव्र बनेपछि अछाममा समेत कैदीहरूले आफूहरूलाई पनि बाहिर जान दिनुपर्ने माग राख्दै तोडफोड र आगजनी गरेका हुन्।

कारागार प्रशासनले कैदीहरूलाई टेलिफोन सेवाबाट समेत बञ्चित गराएपछि उनीहरू थप आक्रोशित बनेको बताइएको छ। सुत्रका अनुसार यहि क्रममा झडप चर्किँदा कैदीहरूले कारागारभित्र तोडफोड र आगजनी गरेर भाग्ने प्रयास गरेको हुन् ।

स्थिति नियन्त्रणमा लिनका लागि सेना समेत परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी आनन्द सारुले जानकारी दिए। स्रोतका अनुसार केही कैदीहरू भेटघाट कक्ष बाहिर समेत निस्किएका छन्।

कैदीका आफन्तहरू कारागार परिसरमै पुगेका छन् र प्रशासनविरुद्ध नाराबाजी गरिरहेका छन्।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode